सर्वोच्चमा फुल कोर्ट बैठक बस्दै, यी हुन् छलफलका विषय

सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विबाद देखिएपछि सर्वोच्चको फुलकोर्ट बस्न लागेको हो ।

यसअघि मंगलवार संवैधानिक इजलासका दुइजना न्यायाधीशले यही संरचनाको इजलासमा नबस्ने घोषणा गरेका थिए । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए ।

संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ । साथै बैठकमा कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button