सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

बलदेव सिंह नायक, सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए ।
मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव धामीले पनि अहिलेसम्म बैठकका एजेण्डाबारे जानकारी प्राप्त नभएको जनाए । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।