सबै घरलाई मास्क र स्यानिटाइजर

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सामाजिक कार्यमा सक्रिय क्षेमादेवी सिन्धु युवा सामाजिक अभियानले बाह्रबिसे नगरपालिका-४ अर्थात साविक वडा ५,६ र ७ का सबै घरलाई कोरोना भाइरस नयाँ भेरियन्ट प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

प्रत्येक घरमा पुगेर स्वास्थ सामाग्री सहयोग गरिएको छ । सो अभियानका संयोजक अम्बर बहादुर श्रेष्ठ (उमेश) ले उक्त वडाका ६ सय ३० घरलाई एक प्याकेट सर्जिकल मास्क, एक बोतल स्यानिटाइजर बितरण गरेको जानकारी दिनु भयो ।

समाजसेवी समेत रहनु भएका श्रेष्ठले उक्त वडाका ६० बर्ष भन्दा माथि उमेर समूहका स्वास्थ्य समस्या भएका बृद्धबृद्धालाई जीङग टयाब, भिटामिन सी, मल्टीभिटामिन टयाब, स्राइच औषधीहरु निशुल्क बितरण गरिएको बताउनु भयो । सो वडाको ६ सय ६० घरलाई ९६० वटा स्यानिटाइजर, ३० हजार मास्क बितरण गरिएको छ ।

साविक ५ नम्बर वडाबासीलाई रुथ वइच किल्निक र साविक ७ नम्बर वडाबासीलाई क्षेमादेवी आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको पनि संयोजक श्रेष्ठले जानकारी दिनु भएको छ । उक्त स्वास्थ्य सामाग्री पूर्वमन्त्री मोहन बहादुर बस्नेत, संयोजक श्रेष्ठ, अभियानका सदस्य राजन पौडेल, कांग्रेस नेता हरिशरण श्रेष्ठ, शेखर भण्डारी, वडा सदस्य शान्ति भण्डारी लगायतले वडाबासीलाई बितरण गरेका थिए ।

सो अभियानले सिन्धुपाल्चोकमा कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमण नियन्त्रण र रोकथामका लागि जनचेतनामूलक काम, स्वास्थ्य सामाग्री र औषधी बितरण गरिरहेको छ । साथै कोभिड १९ संग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुलाई स्वास्थ्यकर्मी लगेर निशुल्क रुपमा पिसिआर परीक्षण पनि गराउदैं आईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button