आलोचनाकाबीच सांसदहरुलाई नयाँ लोगो प्रदान

काठमाडौं । अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्दै आलोचना भए पनि सांसदहरुलाई नयाँ लोग प्रदान गरिएको छ ।

सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रबर्द्धन गर्न भए पनि ग्रहण गरिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्‍जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा लापरबाही गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भए पनि त्यसो हुन नसकेको बताइन् ।

स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको बताए ।

सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताए । आफूहरुले स्वदेशी उद्योगलाई सधै प्रबर्द्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उहाँले घुमाउरो गरी असन्तुष्टि व्यक्त गरे ।

संसदको लागो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गरेका हुन् । मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिँदैन।

बागमती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिएको थियो । लोगो निर्माण हुँदा डिजाइनभन्दा केही भिन्‍नरुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button