कैलालीमा खाद्य पसल खोल्ने गरी बैशाख १६ गतेसम्म थपियो निषेधाज्ञा

कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो ।

जिल्लामा कोभिड संक्रमणदर अझै पनि नघटेकाल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

तर पहिलाको भन्दा निषेधाज्ञा केही खुकुलो पारिएको उनले बताए । उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म सञ्चालन गर्न सकिनेछ । तर यो अवस्थामा जनस्वास्थ्यका मापदण्ड भने परिपालना गर्नुपर्नेछ ।

यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ ।

त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button