राष्ट्रपति लक्षित गालीगलौज गर्ने वेवसाइट बन्द गर्ने सरकारको चेतावनी

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर गालीगलौज गर्ने वेवसाइटहरुलाई बन्द गर्ने चेतावनी दिएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले श्रव्यदृश्य समग्री प्रकाशन–प्रशारण गर्ने वेइबसाइट बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘गैर कानुनी रूपमा अनावश्यक डोमिन प्रयोग गरी राष्ट्रप्रमुखप्रति लक्षित गालीगलौज एवम् श्रव्यदृश्य समाग्री प्रशारण भइरहेको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । ती सामाग्रीहरूलाई प्रेस काउन्सिलबाट नियमित अनुगमन गरी दूरसञ्चार प्राधिकरणमार्फत् अनाधिकृत वेबसाइट बन्द गर्न सकिने व्यहोरा अनुरोध गर्दछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button