मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

ओली सरकारमा सहभागी १७ जनाले आज मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति निवासमा राति ८ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

नयाँ मन्त्रिमण्डलमा जसपाका उपप्रधानमन्त्री राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । जसमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण रहेका छन् ।यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

त्यसैगरि सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । राज्यमन्त्रीमा जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका नियुक्त भएकी छन् ।

काे-काे भए मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री

लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button