खोप लगाइ सुरक्षित बसेका पाखण्डीहरुले राष्ट्रपतिको विरोध गरे : सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफू र आफ्नो परिवारलाई खोप लगाएर सुरक्षित बसेकाहरूले राष्ट्रपतिको विरोध गरिरहेको बताएका छन् ।
राष्ट्रपति द्वारा खोपको माग गर्दै विभिन्न राष्ट्रका प्रमुखहरूलाई पत्राचार गरेपछि केही राजनीतिक व्यक्तिहरूले विरोध गरेका थिए ।
थापा भन्छन् ‘हामीलाई चार करोड खोप डोज खोप चाहिन्छ ,त्यसको लागी राष्ट्रपतिबाट विश्वभर आफ्ना समकक्षीहरू समक्ष पहल हुँदै आएको छ , आफू र परिवारका सबैले खोप लगाइ सुरक्षित बसेका हरुले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन प्रकट भएको छ ।’