हाल सम्म कति जनाले लगाए खोप ?

हालसम्म देशभरका २१ लाख १३ हजार ८० ले पहिलो र छ लाख ९१ हजार १८४ ले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा शुक्रवार मात्र कोभिड–१९ का छ हजार ६५३ सङ्क्रमित थपिएका छन् । शुक्रवार नै आठ हजार ६६३ सङ्क्रमणमुक्त भएका छन् । देशभरमा शुक्रवार जम्मा २० हजार ८१३ को परीक्षण भएको थियो । तीमध्ये पिसिआर १४ हजार १८२ र एन्टिजेन विधिबाट छ हजार ६३१ जनाको परीक्षण भएको थियो । कोभिडका कारण पछिल्लो २४ घण्टामा १०१ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभर गरी भेण्टिलेटरमा ४०४ र सघन उपचार कक्षमा एक हजार ४२२ सङ्क्रमित छन् । संस्थागत आइसोलेशनमा छ हजार ८०७ र होम आइसोलेशनमा ९० हजार ८५२ सङ्क्रमित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button