खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गर्न मध्यान्ह १२ बजे भर्चुअल बैठक बस्ने भएको हो ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button