गृहमन्त्रीको स्कर्टिङमा हिँडेको गाडीले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)को स्कर्टिङका लागि जान लागेको प्रहरीको गाडीले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

मंगलबार बिहान प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवास पुल्चोक जाने क्रममा नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको गाडीले सिंहदरबारको पश्चिम गेट अगाडि बा ९५ प १०२५ नम्बरको स्कुटरलाइृ ठक्कर दिएको हो ।

स्कुटरमा सवार २ जना महिलाहरु नुवाकोट घर भएका २७ वर्षीय सुधा थापा र २३ वर्षीय लीला थापा सामान्य घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए ।

एसपी गौतमका अनुसार घाइते भएका दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

मंगलबार बाजुरा जान लागेका गृहमन्त्री थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म स्कर्टिङ (अगुवा)का लागि सवारी लिन प्रहरी प्रधान कार्यालयको गाडी बिहान पुल्चोक जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

स्कुटरलाई ठक्कर दिने प्रहरीको गाडीका चालकलाई नियन्त्रणमा लिइएको र अहिले उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी गौतमको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button