अदालतको मुद्दा निरुपण हुँदासम्म नयाँ पार्टी गठनका लागि पर्खने माधव नेपाल समूहको निष्कर्ष

काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठनमा अघि बढ्छ कि अहिले चलिरहेको अनौपचारिक वार्तालाई निष्कर्शमा पुर्‍याएर एमालेमै रहन्छ भन्नेबारे अहिले नेता र कार्यकर्तादेखि सर्वसाधारणमा समेत ठूलो चासो छ।

शनिबार बसेको नेपालपक्षको स्थायी कमिटी बैठकले भने नयाँ पार्टी गठनतर्फ अघि बढ्ने संकेत गर्दै त्यसका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा निरुपण हुँदासम्म पर्खने निष्कर्ष निकालेको छ।

शनिबार नेता नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेको थियो।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बैठकपछि भनिन्, ‘अब नयाँ पार्टी दर्ता गरेर नयाँ हिसाबले अघि बढ्ने हो, त्योभन्दा अर्को उपाय छैन। आजको बैठकले पनि अब धेरै दिन पर्खिन सकिन्न भन्ने निष्कर्श निकालेको छ।’

शाक्यले पार्टी निर्माणका लागि आवश्यक तयारी पनि आवश्यक पर्ने भएकाले केही समय लिने र अदालतमा विचाराधीन मुद्दा निरुपण नहुँदासम्म नहुँदा सम्म पर्खने निष्कर्श बैठकले निकालेको जानकारी दिइन्।

बिहीबार र शुक्रबार बसेको नेपालपक्षको केन्द्रीय कमिटी बैठकले पनि वार्ताको ढोका बन्द नगर्ने तर समय तोकेर अघि बढ्ने निर्णय गरेको थियो।

शाक्यले वार्ताको ढोका बन्द नगरेको तर, अध्यक्ष केपी शर्मा ओलीले नै नै वार्ताबाट एमाले एकताबद्ध गर्न नचाहेको उल्लेख गरिन्। पार्टी एकता जरुरुी रहेको र अहिलेको राष्ट्रिय आवश्यकता पनि त्यही भएको उल्लेख गर्दै उनले भनिन् ,‘हामी एकता बलियो पार्न अन्तिमसम्म प्रयास गर्छौं। तर, वार्ता भनेर सँधै पर्खिरहन त सकिन्न।’

नेतृ शाक्यले पार्टीको मात्र नभइ सिंगो लोकतन्त्र, गणतन्त्र र संविधानको भविष्यमा चिन्ता पैदा भएको उल्लेख गर्दै ओली निरकुशंतातर्फ अघि बढिरहेको टिप्पणी गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button