एमाले माधव पक्षको जिल्ला कमिटी पदाधिकारी बैठक आज पनि

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको जिल्ला कमिटीका पदाधिकारी भेला आज पनि जारी रहने भएको छ ।

भेला आज ११ बजेदेखि सुरु हुने छ । गत शनिवारदेखि जारी भर्चुअल भेलामा हालसम्म २८ जनाले बोलिसकेका छन्।

भेलाका सहभागीहरुले जिल्लाको वस्तुगत अवस्थासहित नेतृत्वलाई आगामी रणनीतिका लागि सुझाव दिने क्रम चलिरहेको छ । सहभागीलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ ।

भेलापछि पार्टीले के गर्न उपयुक्त हुन्छ भन्नेबारेको सुझाव लिखित रूपमा दिनसमेत जिल्ला पलाधिकारीलाई सर्कुलर जारी भैसकेको छ ।

यसअघि हिजो बोल्ने अधिकांश पदाधिकारीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादका लागि एक हप्ताको समयवाधि छुट्याउने र त्यसबाट पनि निकास ननिस्किए पार्टी पुनर्गठनमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

भेलामा केही पदाधिकारीहरुले भने ओली सुध्रिने सम्भावना नदेखेको भन्दै पुनर्गठनको विकल्प नभएको समेत बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button