सभापति सोनामद्वारा स्वास्थ्य सामाग्री सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिका सभापति सोनाम लामाले सिन्धुपाल्चोकको बिभिन्न स्थानमा लाख बढी मूल्यको कोरोना भाइरस नयाँ भेरियन्ट प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय यातयात तथा ब्यबस्था बिभागका पूर्व केन्द्रीय सदस्य समेत भईसक्नु भएका लामाले ब्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री खरिद गरेर आइतबार कोरोना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बिभिन्न स्थानमा पुगेर उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट जोगाउन कांग्रेस नेता लामाले निषेधाज्ञामा अग्रपंतिमा खटिने सुरक्षाकर्मी र संक्रमण जोखिम क्षेत्रमा स्थानीय प्रतिनिधि मार्फत गाउँगाउँमा स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । कोरोना भाइरस संक्रमण प्रतिरोधी सर्जिकल मास्क, बिभिन्न तौल समुहका स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

इलाका प्रहरी कार्यालय बाह्बिसे, लामोसाँघु प्रहरी कार्यालय, जिल्ला टार्फिक कार्यालय अंधेरी, बलेफी प्रहरी चौकी, बन्देउस्थित जनपथ प्रहरी, सशस्त्र प्रहरी कार्यालयका प्रमुख वा प्रतिनिधिलाई उहाँहरु समक्ष पुगेर लामाले सो सामाग्री सहयोग गर्नु भएको हो ।

समाजसेवी समेत रहनु भएका लामाले बाह्रबिसे नगरपालिका वडा नम्बर २,३,७,८ का स्थानीयहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । उक्त वडाका बिभिन्न ब्यक्तित्वमार्फत सो सहयोग पठाउनु भएको छ । बलेफी गाउँपालिका वडा नम्बर ५,६,७ का स्थानीय कांग्रेस नेताहरुमार्फत स्थानीयलाई स्वास्थ्य सामाग्री पठाउनु भएको छ ।

सुनकोशी गाउँपालिका ७ पाङ्ग्रेटारको बडहरे मिजारटोलमा गोरखापत्र दैनिकका जिल्ला संबाददाता पत्रकार चित्र मिजारमार्फत, सोही गाउँपालिका-३ कालिका, बाह्रबिसे नगरपालिका ९ को घुँडेमा प्रेम बहादुर लामा, चौतारा साँगचोकगढीको ईखु, जुगल गाउँपालिकाको गगन थापा, लिसंखुपाखर गाउँपालिका-६ मा गौतम लामामार्फत स्वास्थ्य सामाग्री र एक थान अक्सिजन सिलिण्डर सहयोग गरिएको सहयोगी सोनामले बताउनु भएको छ ।

कोरोना महामारीको जोखिमबाट जिल्लाबासी, सुरक्षाकर्मीका साथै सबैलाई बचाउन स्वास्थ्य सामाग्री सहयोग गरेको काँगे्रस नेता लामाले जानकारी दिनु भयो । हामी राजनीतिक कार्यकर्ता यस्तो महामारीमा चुप लागेर बस्न सकिन्न ‘सानो सहयोगले जीवन बच्न सक्छ’ सोही कारण अझै बिभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गरिने उहाँले बताउनु भएको छ ।

स्वास्थ्य सामाग्री सहयोग (फोटो फिचर)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button