ओझेलमा परेका भुमि नेपालीको आवाज

बझाङ जिल्ला केदरसिउ गाउँपालिका वडा न. १ चौडानका भुमि नेपाली केहि वर्ष अघि आफ्नै पुर्ख्यौली भत्किन लागेको घरमा बस्दै आएका थिए ।
परिवारमा अपाङ्ग दुइछोरा र श्रीमती बुढा बुबा र कुनै शिप नभएका, भारी बोक्न पनि नसक्ने अवस्थाका नेपाली परिवार आफ्नो पुर्ख्यौली घरमा रहदा पनि खानेकुरा, पानी पँधेरो गर्न, दिसा पिसाब र नुहाई धुवाई गर्न धेरै समस्या थियो । अपाङ्ग छोरा र श्रीमतीले केहि काम अन्जानबस तलमाथि गर्दा पनि छिमेकीले गाली गर्ने र पिट्ने समेत गर्थे । त्यसैले भुमि नेपालीले खानको लागि जहापनी दुख गर्नुपर्ने भएपनि दिसाबपिसाब गर्न, पानी ल्याउन र नुहाई धुवाई गर्न सहज हुने ठाउँहरु खोज्दै थलारा गाउपालिका वडा नं १ मा पुगे । त्यहाँ नजिकै सेती नदि र सानो बस्ति पनि भएकाले आफ्नो फरक क्षमता भएका परिवारलाई सहज हुने भएकोले सोहि ठाउँ रोजी बासस्थानको लागि हारगुहार गर्दा अन्तमा एकजना मनकारी र दयाले भरिएका स्थानीय श्री दयाराम जोशीले केहि समय बस्न भनेपछि बिगत तिन, चार बर्षदेखी सोहि घरमा बस्दै आउनुभएको छ ।
उता भुमि नेपालीको पुर्खेउली घर भत्केर निसाना मात्र रहेको छ भने यता आफ्नो दिनचर्या पहिले देखि नै माग्दै कसैले दिए खाने र नपाय भोकै बसेका दिनहरु धेरै छन् उहाले हामीलाई सुनाउनु, “छोराहरु भोक लाग्यो भनेर रुन्थे अनि हामी मुटुमाथि ढुंगा राख्दै विभिन्न बहाना गरेर सुताउथ्यौ” । उनी अझ सम्झिदै भन्छन यसरी बाँच्नु भन्दा त मर्नु नै बेस हुन्थ्यो्, तर के गर्नु सबै परिवारका सदस्य मर्न पनि सकिन्न । मागेर पनि कति बाच्ने एक जना भए पो जसो तसो सकिन्थ्यो पुरै परिवार नै उस्तै छौ अब त स्थानिय छरछिमेकी पनि दिक्क भैसक्नुभयो होला । उहाले हामीसँग गुनासो गर्नुभयो मेरो आर्थिक अवस्थाका कारण छोरालाई पढाउँन सकिन सरकार त ठुलावडाको लागि मात्र रैछ, हामी जस्ता बेसहारालाई कस्ले पो सहारा दिने ?
सोहि थलारा गाउँपालिका वडा नं. १ का स्थानीय मुरलीधर जोशीले भन्नुभयो, ‘अहिले सम्म सहयोग गर्ने न कुनै संघसंस्था छ न त कुनै निकाय नै आउनुभएको छ उनको परिवारलाई सहयोग गर्न, जिल्ला हलिया मुक्ति समाज र जनता आवासबाट धेरैले त घरेडी किने घर बनाउन पनि पाए तर पाउनु पर्ने व्यक्ति भुमि नेपालीको परिवार कसरी छुटे, र अहिलेसम्म उनको दुई छोराले अपांगता प्रमाणित सिफारिश सम्बन्धित गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट पत्र पाँउदा पनि पुरा प्रक्रियामा जान आफु नसक्ने र अरु सहयोगी हात नपाएकोले सरकारबाट पाउने सेवा सुबिधा बाट बन्चित हुनु परेको छ जोशी भन्नुहुन्छ” । त्यसैगरि हरेक जिल्लामा क्षमता भएकाहरुको लागि बालमैत्री शिक्षण संस्था भएपनी भुमि नेपालीका छोराहरु भने एकाइसौ सताब्दिको बैज्ञानिक युगमा पनि शिक्षाको ज्योतिबाट बन्चित हुनु परेको छ ।
भुमि नेपालीले आसु झार्दै भन्छन, “बिभिन्न परोपकारी संस्था र स्थानीय सरकार पनि म जस्ता जो आफ्नो पक्षमा बोल्न नसक्नेहरुका लागि होइन रैछ, ‘ मेरो निम्ति कसले बोलिदिने ? न घर छ, न आशा नै छ यदि बस्दै आएको घरमालिकले अर्को घर खोज्नु भन्नुभयो भने हामी त अलपत्रै हुन्छौ ।
भुमि नेपाली त समाजका एक प्रतिनिधि पात्र मात्र हुन उनि जस्ता बझाङमा धेरै छन् जो आफ्नो पक्षमा बोल्न र पहल सम्म पनि गर्न सक्दैनन् यस्तो दयनीय अवस्था देख्दापनि स्थानिय सरकार र सम्बन्धित निकाय मुकदर्शक भएर बस्न्नु हुदैन । उनको परिवारका सदस्यलाई सरकारको आवश्यक परिचय पत्र दिलाई सहयोग गर्नु त्यहाँको निकाय जिम्मेवार बन्नु हो उनी जस्ता धेरै आवाजविहिनहरुको निम्ति स्थानिय सरकारले काम गरेमा मात्र सरकारको सार्थकता पुरा भएको देखिन्छ ।
आफ्नो हक र अधिकार लडेर लिन सक्नेले त पाउछन् तर जसलाई आफ्नो हक र अधिकारको बिषयमा थाहा नै छैन र सरकारको सानो आवश्यक प्रकृया पनि पुरा गर्न स्वास्थ्य स्थितिका कारण सक्दैनन् भने त्यस्ताको निम्ति कसले बोलिदिने ? यस बिषयमा सम्बन्धित निकायको चाडो ध्यान जाओस र छिट्टै भुमि नेपालीको परिवारले सरकारबाटको सेवासुविधा पाउन सकुन ।
रातोपाटिन्युजका लागि बिकाश एस.के. बझाङ