खनाल नेपाल समुहको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल समुहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
खनाल(नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको जानकारी दिइन् । उनले भनिन्, “औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।”
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ ।