अब सरकारी पेन्सन सोझै व्यक्तिको खातामा जाने

सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागु गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार निवृत्तभरण रकम सेवा निवृत्त कर्मचारीको खातामा सोझै पडाउने यस प्रणलीको महालेखा नियन्त्रक मधुकुमार मरासिनीले शुभारम्भ गरेका थिए। यसबाट निजामति, प्रहरी, जंगी र शिक्षकतर्फगरी २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु प्रत्यक्ष लाभान्वित हुने छन।
यो प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा गागु गर्न ठूलो सहयोग पुग्ने महा लेखा नियन्त्रक मरासिनले विश्वास गरेका छन। यो प्रकृयामा सरलिकरण र सहजिकरण भई निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिले छिटो छरितो प्रभावकारी सेवा प्राप्त गर्ने उनले विश्वास गरेका छन।
निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्प गर्ने व्यक्तिको खाताम नै सरकारी कोषबाट भुक्तानी हुने भएकोले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारित बढने देखिएको महा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।