असार देखि शैक्षिक शत्र सुरु गर्दै सरकार

काठमाडौं । सरकारले आगामी असार १ गतेबाट बिद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु सँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र संचालन र ब्यबस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकलि्पक सिकाइ कार्यबिधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्मासँग आगामी शैक्षिक सत्र कसरी संचालन हुन्छ कस्तो व्यवस्था गरिएको छ भनेर हामीले सोधेका छौं ।

कुराकानीमा प्रवक्ता शर्माले बिद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि वैकल्पिक  माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए ।

बिद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिनसकुन भन्ने मन्त्रालयको निष्कर्ष रहेको । बिद्यार्थीको परिक्षा मुल्यांकन गर्ने विभिन्न बिधि प्रक्रिया अपनाउन स्थानीय सरकार र बिद्यालय स्वयमले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए ।

पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यबस्था मिलाउने प्रवक्ता शर्माले बताए ।

नोट: यो समाचार प्रवक्ता शर्मा सँग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो। आबश्यकता र अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button