‘मेरो प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने हो’ : स्वास्थ्यमन्त्री तामाङ

स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्ना प्राथमिक्ता नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने रहेको बताएका छन् ।

उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका हुन् ।

नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको उनको भनाई छ । मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको समेत बताए ।

यस्तै उनले मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने उनले बताए । सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन । ‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्री नियुक्त भएको चौथो दिनमै मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button