थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा ३ हजा ३७० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा १ हजार १०२ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६ हजार १५५ पुगेको छ। हालसम्म संक्रमण देखिएकामध्ये ५ लाख ९१ हजार ४९४ जनामा पीसीआर परीक्षण र १४ हजार ६६१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

हालसम्म कोरोना संक्रमण देखिएकामध्ये ४ लाख ९७ हजार ९६० जना संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार अहिले देशभर गरी ८७ हजार ३७५ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ७८ हजार ३६४ जना होम आइसोलेसनमा छन् भने ७ हजार १८ण् जना संस्थागत आइसोलेसनमा रहेका छन्।

यस्तै, १ हजार ४३४ जना आईसीयूमा रहेका र ३९७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमण मुक्त (निको) भएका छन् भने ९२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button