उपत्यकामा चिनियाँ खोप लगाउन ठाँउ तोकियो (सूचीसहित)

काठमाडौं । सरकारले चीनद्वारा प्रदान गरिएको कोभिड १९ विरुद्धको ‘भेरासेल’ खोप सर्वसाधारणलाई लगाउने भएको छ।

उपत्यकामा खोप लगाउनका लागि महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको छ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ।

२९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button