मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले सभामुखलाई लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।

मंगलबार बिहान ९ बजे मुख्यमन्त्रीको विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएका थियो।

नेपाल–खनाल पक्षको समर्थनका कारण १३ मात्र सांसद भएको माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button