मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए ।

१२ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस तटस्थ बसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button