एमाले एकता जोगाउने प्रयासमा दोस्रो तहका नेताहरु पुनः छलफलमा
काठमाडौं । नेकपा एमाले विभाजनको डिलमा पुगेकै बेला दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन अन्तिम प्रयासमा जुटेका छन् ।
याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा छलफल गरेका छन् ।
यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् ।
छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी रहेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ ।