घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमायो: प्रधानमन्त्री

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरबाट समबेदना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले घिमिरेको निधनले नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको उल्लेख गरेका छन् ।
उनलले लेखेका छन्,’राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।’