राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य पाण्डेको शपथ आज

काठमाडौं– राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
बुधबार बिहान ११ बजे पाण्डेको शपथ ग्रहण कार्यक्रम रहेको छ। गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए।
राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका हुन्।