कांग्रेस नेता श्रेष्ठबाट नगद हस्तान्तरण

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम महाधिबेशन प्रतिनिधि हरिशरण श्रेष्ठले कोरोना भाइरस प्रभावितहरुलाई नगद राहत बितरण गर्नु भएको छ ।

समाजसेवी समेत रहनु भएका श्रेष्ठले बाह्रबिसे नगरपालिका ४ र आसपासका बिपन्नहरुलाई नगद सहयोग गर्नु भएको हो ।

बाह्रबिसे नगरपालिका-४ का ३६ घरपरिवारलाई दुई हजारका दरले उहाँले नगद सहयोग गर्नु भएको छ । जी टवान्टी ग्रुपबाट प्राप्त भएको उक्त सहयोग बिपन्नलाई बितरण गर्नु भएको हो ।

दोश्रो लहरको कोरोना भाइरस संक्रमित र प्रभावितहरुलाई कांग्रेस नेता श्रेष्ठको पहलमा लाखौंको स्वास्थ्य सामाग्री, खाद्यन्न सहयोग गर्दे आउनु भएको छ ।

पहिलो चरणको कोरोना भाइरस संक्रमणका समयमा पनि उहाँले जिल्लाबासीका लागि बिभिन्न स्वास्थ्य सामाग्री र खाद्यन्न सहयोग गर्नु भएको थियो । उहाँको पहलमा भूकम्पपीडित, बाढीपीडित, अशक्त, असहाय, बिपन्न र आर्थिकस्थिति कमजोर भएकालाई राहत, सहयोग हुदैं आएको छ ।

बिकास निमार्ण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा नेता श्रेष्ठले भूमिका निवार्ह गर्दे आउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button