घरघरमा पुगेर खाद्यन्न र स्वास्थ्य सामाग्री सहयोग
रातोपाटीन्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बिभिन्न राजनीतिक दलका नेता, बिभिन्न सामाजिक ब्यक्तिहरुले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ सामाग्री बितरण, सचेतना कार्य, औषधी उपचार, आईसोलेसन निमार्ण, अक्सिजन बितरण गर्ने कार्य गरिरहेका छन् ।
यस्तैमा सिन्धुपाल्चोकका कांग्रेस नेता तथा समाजसेवी केश बहादुर लामा (अजय) र तरुण दलका नेता एवम समाजसेवी कमल लामाले ब्यक्तिगत रुपमा कोरोना भाइरस प्रवाभितहरुलाई संक्रमणबाट जोगाउन स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ भने निषेधाज्ञामा ज्याला मजदुरी गरेर खाने बिपन्नलाई खाद्यन्न सहयोग गर्नु भएको छ ।
कांग्रेसका स्थानीय नेता समेत रहेका कमलले ब्यक्तिगत रुपमा बाह्बिसे नगरपालिका कर्थलीका बिपन्न समुदायलाई दाल, चामाल, तेल, नुन, साबुन लगायतको खाद्यन्न सहयोग गर्नु भएको छ । समाजसेवी अजय लामाले बिपन्नको घर-घर पुगेर खाद्यन्नका साथै स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनु भयो ।
सर्जिकल मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको स्थानीयले जनाएका छन् । त्यस्तै लामाले नेपाल बिद्युत प्राधिकरण लामोसाघु बितरण केन्द्र र उपबितरण केन्द्र बाह्रबिसेमा सर्जिकल माक्स, स्यानिटाइजर लगायतका स्वास्थ सामाग्री सहयोग गर्नु भएको छ ।
लामाले दोश्रो चरणको कोरोना भाइरस संक्रमणबाट जिल्लाबासीलाई जोगाउन बिभिन्न स्वास्थ्य सामाग्री सहयोग र सचेतनाका कार्य गर्दे आईरहनु भएको छ ।