संसद विघटनको मुद्दामा ४ जनाको ‘एमिकस क्युरी’ बनाइने

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कानुनी परामर्श दिन ४ जनाको अदालतको सहयोगी ‘एमिकस क्युरी’ बनाउने भएको छ ।

एमिकस क्युरीमा सर्वोच्च अदालत बारबाट २ जना र नेपाल बारबाट २ जना अधिवक्ता झिकाउने आदेश गरेको हो ।

“इजलास कक्षभित्र रिट निवेदकमध्येबाट एक पटकमा अधिकतम् ५ जना, कानुन व्यवसायीहरु बढीमा ३ जना, सरकारी वकिल बढीमा ३ जना र अन्य प्रत्यर्थीहरुमध्येबाट एक पटकमा बढीमा २–२ जना कानुन व्यवसायीलाई माल इजलास कक्षभित्र प्रवेश गर्ने व्यवस्था गर्नु” आदेशमा भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको छ ।

इजलासले बहसमा रिट निवेदक र सरकारी वकिलका लागि अधिकतम् १५–१५ घन्टा समय तोकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button