चितवनमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञा एक साता थपियो

शंकर श्रेष्ठ ,चितवन । चितवनमा केही खुकुलो प्रावधानसहित निषेधाज्ञाको अवधी थप एक साता लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले ज्येष्ठ २७ गतेसम्म लागु रहेको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३ गतेसम्म थप गरेको हो ।

चितवनमा निषेधाज्ञाको बेला बैंकिङ तथा वित्तिय संस्थाहरु साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने गरेकोमा नयाँ व्यवस्था अनुसार अबभने नियमितरुपमा संचालन हुने बताएकाे छ। त्यस्तै, पुस्तक पसल र रासायनिक मल तथा कृषि बिउबिजन विक्री वितरण गर्ने पसलहरु दैनिक रुपमा खुल्नेछन् ।

त्यसैगरी बढीमा ३ जना कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप संचालन गर्न दिने निणर्य भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

पसल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डका अनिवार्य रुपमा पालना गर्न र गराउन समेत प्रशासन अनुरोध गरेकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button