छलफलका लागि सभामुखले बोलाए प्रधानमन्त्री तथा शीर्ष नेतालाई

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख सापकोटाले बुधवार एक विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

सभामुखले पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते दिउँसो दुई बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button