सिपीएल क्रिकेट आजबाट, सन्दीपको टीमले भोलि पहिलो खेल खेल्ने

काठमाडौं– क्यारेबियन प्रिमिरय लिग (सिपीएल) आजबाट सुरु हुँदैछ । कोरोना महामारी शुरु भएसंगै रोकिएको क्रिकेट प्रतियोगितामा सुरु हुन लागेको सिपीएल् पहिलो फ्रेन्चाईज क्रिकेट लिग हो ।
कोरोना महामारीकै बीच हुन लागेको प्रतियोगिता दर्शकविनाको रंगशालामा हुँदैछ ।
अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म सञ्चालन हुने सिपीएलमा ६ टिमले प्रतिस्पर्धा गर्ने गर्नेछन् ।
उक्त प्रतियोगि ट्रिनिडाड एण्ड टोबागोका ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । प्रतियोगिताभर ३३ खेल हुनेछन् ।
लिग चरणका ३० खेलपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।
मंगलबार दुई खेल हुनेछन् । यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।
यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे हुनेछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सिपीएल जमैका तल्लावाजबाट खेल्दैछन् ।
लगातार तेस्रो वर्ष सिपीएल खेल्न गएका सन्दीपको टोलीले बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ ।