प्रधानमन्त्री ओली सभामुखले बोलाएको बैठकमा नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाले भने, ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन, भेटेर छलफल गर्ने हो, यसरी बोलाइएको बैठकमा सहभागी हुनुहुन्न ।’
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखले पठाएको पत्र पार्टी कार्यालय पठाएका थिए ।
सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् । एमालेकै असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका माधवकुमार नेपाल र झलनाथ खनाल भने बैकठमा सहभागी हुने भएका छन् ।