मन्त्रिपरिषद विस्तार आज, ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । आज विस्तार भएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने छ ।

हाल १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो ।

मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन नेताहरूसँग परामर्शमा छन् ।

मन्त्रिपरिषदमा सुदूरपश्चिम, कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको बुझिएको छ ।

एमालेभित्र पूर्वमाओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन् । अन्य सबै एमालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button