वैकल्पिक सरकार बन्ने अवस्था छैन, मलाई विश्वासको मत दिनोस् : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वैकल्पिक सरकार बन्ने अवस्था नरहेकाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आह्वान गरेका छन्।

प्रदेश सभामा बोल्दै उनले विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम ल्याउने नभए संविधानअनुसार हुने बताए। ‘वैकल्पिक सरकारका लागि विपक्षीको बहुमत पुग्दैन। यो एक महिनाअघि नै परीक्षण भएको हो। सरकार पूर्णकार्यकाल चलोस् भन्ने चाहना हो,’ उनले भने।

राजनीतिक तरल भएको बताउँदै उनले यतिबेला सही निर्णय लिन आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button