केपी ओली दक्षिणपन्थी बाटोमा हिँडे : नेता खनाल

काठमाडौं । एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा हिडेको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले राखेको ६ बुँदे राजाको फरमान जस्तै भएको बरिष्ठ नेताको भनाई छ । नेता खनालले विदेशीको गोटीका रुपमा सरकार बनेको समेत आरोप लगाएका छन् ।
आज अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताए । नेता खनालले ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको बता ।
‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका छन्’, नेता खनालले भने ।