बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख विष्णु प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय सरकारको समन्वयमा प्रदेशको गौरवको आयोजना सुरुङमार्गको निर्माण कार्य सुरु गर्ने बताएका छन्।

यस्तै हेटौंडाको चुरियामाई सुरुङको पुनर्निर्माण सम्पन्न गरेर अध्ययन केन्द्रको रूपमा विकास गर्ने सरकारले नीति लिएको उनले बताए। यसअघि प्रदेशको प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेलले सुरुङमार्गको औचित्य नभएको भन्दै नीति तथा कार्यक्रममा योजना समावेश नगर्न मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव दिएका थिए ।

यस्तै बागमती प्रदेश सरकारले प्रदेश प्रमुख कोभिड–१९ खोप स्थापना गरेर प्रदेशको सबै नागरिकलाई नेपाल सरकारको समन्वय र सहकार्यमा सम्पूर्ण प्रदेशबासीलाई खोपको व्यवस्थाप गर्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button