मन्त्री नैनकलाले पाईन् सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाण्डौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो ।
सरकारका औपचारिक निर्णय सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीको काम, कर्तव्य अधिकारका बिषयमा पनि सबै नवनियुक्त मन्त्रीलाइ जानकारी गराएका छन् ।