अग्निपीडित र संक्रमितलाई सहयोग
रातोपाटीन्युज, सिन्धुपाल्चोक । दोश्रो कोरोना भाइरस कहरका बेला बिद्युत सट भएर घरमा आगलागी भएपछि सर्वस्व गुमाएकी त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनकी मन कुमार गुरुङ घलेलाई धुस्कनका नेपाली काँग्रेसका स्थानीय नेता र कार्यकर्ताले बिभिन्न सहयोग गरेका छन् ।
स्थानीय काँग्रेस नेता निमार्दोजे तामाङ (रामकुमार) ले अग्निपीडित मन कुमारीलाई ग्साँस, सिलण्डिर, चुल्हो, सिरक, डस्ना, तन्ना, दाल, चामाल, तेल, नुन, लत्ताकपडा र ६ हजार नगद सहयोग गरेको जानकारी दिनु भएको छ ।
समाजसेवी समेत रहेका रामकुमारले कोरोना भाइरस महामारीका समयमा आगलागी भएर सबैथोक गुमाएकी मन कुमारीलाई मल्हम लगाउन सो सहयोग गरेको बताउनु भयो ।
समाजसेवी निमादोर्जे (रामकुमार) ले कोरोना भाइरस संक्रमितलाई उपचारका लागि धुस्कुनमा बनाइएको आईसोलेसनमा पनि ब्यक्तिगत २४ हजार रकम खर्चेर वाईफाई (नेट) सुबिधा राखिदिनु भएको छ ।
आईसोलेसनमा रहेका संक्रमितलाई समय कटाउन सहज होस् भन्ने हेतुले उक्त आईसोलेसनमा वाईफाई जडान गरिदिएको जानकारी दिनु भएको छ ।
काँग्रेसका स्थानीय नेता निमादोर्जेले बिगत देखि नै बाढीपहिरो पीडित, जुरे पहिरो पीडित, भुकम्पपीडित, अशक्त, बिपन्नलाई सबैखाले सहयोग गर्दे आईरहनु भएको छ ।
उहाँले धुस्कुनको पहरी समुदायका उत्थानका लागि स्थानीय शंकर पहरी र बिकास पहरीमार्फत ब्यक्तिगत रुपमा नगद ४० हजार सहयोग पनि गर्नु भएको थियो । सो सहयोगबाट पहरी समुदायले रेन्टल सर्भिस सेवा संचालनमा ल्याएका छन् ।