नेशनल केयर फाउण्डेशन नेपालबाट अक्सिजनसहित आईसोलेसन

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सामाजिक क्षेत्रमा क्रियाशिल नेशनल केयर फाउण्डेशन नेपालले बाह्रबिसे नगरपालिका २ कर्थलीमा कोरोना भाइरस संक्रमितका उपचारका लागि आईसोलेसन स्थापना गरेको छ भने बुदेपाको बर्थिङ सेन्टरलाई आईसोलेसन बेड, अक्सिजन र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सो फाउण्डेशनका अध्यक्ष जीत बहादुर तामाङले दोश्रो लहरको कोरोना भाइरस महामारीबाट संक्रमितलाई उपचार गर्नका निम्ति उक्त स्थानमा सरकारी मापदण्ड अनुरुपको आईसोलेसन निमार्ण गरिएको जानकारी दिनु भएको छ ।
फाउण्डेशनका अध्यक्ष तामाङले कर्थलीको सामुदायिक स्वास्थ केन्द्रमा सात बेडको आईसोलेसन बनाइएको बताउनु भयो । सो आईसोलेसनमा पाँथ थान अक्सिजन, तीन जना स्वास्थकर्मी, कोभिड-१९ संक्रमितलाई उपचारका लागि औषधी, पिपिई सेट, बिभिन्न प्रकारका कोभिड प्रतिरोधी स्वास्थ्य सामाग्री तयारी हालतमा राखिएको अध्यक्ष तामाङले बताउनु भयो ।
उहाँका अनुसार बुदेपाको बर्थिङ सेन्टरमा दुई थान आईसोलेसन बेड, दुई थान अक्सिजन, बिभिन्न उपकरण, बिभिन्न स्वास्थ सामाग्री सहयोग गरिएको छ ।
कर्थलीमा स्थापना गरिएको आईसोलेसनका स्वास्थकर्मीलाई कोभिडकाल सम्म प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने, तत्काल सो आईसोलेसनमा इन्टरनेट जडान गरिदिने पनि फाउण्डेशनका अध्यक्ष तामाङले बताउनु भएको छ ।
उक्त फाउण्डेशनले सिन्धुपाल्चोकको कर्थली, छिमेकी वडाहरु र देशका बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दे आईरहेको छ । गत असार २४ गते र साउन १८ गतेको बाढीपहिरोले कर्थलीका घरहरुमा क्षति पु-याएपछि सो फाउण्डेशनले पीडितका परिवारलाई ६ अस्थायी घर निमार्ण गरिदिएको अध्यक्ष तामाङले बताउनु भयो । १८ घरधुरीलाई खाद्यन्न सहयोग गरेको थियो ।
सो फाउण्डेशनले कर्थलीका मुटुरोगी संजीव तामाङलाई उपचार खर्च र कर्थलीकै बालिका सुस्मिता तामाङको घुडाँको हडी फेर्ना साँढे तीन लाख भन्दा माथि नगद सहयोग गरेर उपचार गरेको पनि अध्यक्ष तामाङले जानकारी दिनु भयो ।
गाउँको बडा दशैंमा सो फाउण्डेशनले कर्थलीका ६३० घरधुरीलाई दशैं लक्षित गरेर खाद्यन्न बितरण गरेको थियो । सो फाउण्डेशनले कर्थलीमा धुवाँरहित सुधारिएको चुलो निमार्ण गरिदिदैं आएको छ ।
सो फाउण्डेशनले नेपाल राष्ट्रिय माबि कर्थलीका गरीब, जेहेन्दार, बिपन्न, दलित समुदायका ७३ जना बिद्यार्थीलाई बार्षिकप्रति बिद्यार्थी १२ हजारका दरले छात्रवृत्ति उपलब्ध गराउदैं आएको पनि अध्यक्ष जीत बहादुरले बताउनु भएको छ । आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्दे जाने उहाँले जानकारी दिनु भएको छ ।