निषेधाज्ञा उल्लंघन गर्ने २ सय बढी सवारीसाधन र ४ सय ३७ प्रहरीको नियन्त्रणमा

काठमाडौं । मध्यरातदेखि सुरु भएको निषेधाज्ञा उल्ल‌ंघन गर्ने २ सय भन्दा धेरै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोटेश्वर, बानेश्वर, जावलाखेललगायत मुख्य चोकसहितका अन्य स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

‘सवारीसाधनलाई नियन्त्रणमा लिएर मानिसहरूलाई फर्काइएको महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने गौतमले बताए। महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको जनाएको छ।

परिसरका अनुसार ४३७ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई पहिलो चरणमा सम्झाएर घर फर्काइने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। पटक-पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यससँगै आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको हो ।

स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका आज (बिहीबार) बिहानैदेखि सुनसान देखिएको छ । स्थानीय प्रशासनले लागू गरेकाे निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ।

सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।

ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button