यी हुन् कांग्रेसका पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै सरकार बनाउन हस्ताक्षर गर्ने सांसद् (नामावलीसहित)

काठमाडौं । विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।
मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गर्दै प्रदेश सभामा ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेको कांग्रेस सांसद विष्णु लामिछानेले जानकारी दिए।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्। जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जनाले बहुमत पुग्दछ।
प्रदेश प्रमुख सीता पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार बनाउन आह्वान गरेकी छन्। प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्न पुगेका हुन्।