देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
देउवाले आफ्नै निवास बूढानीलकण्ठमा भोलि शनिबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको बताईएको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ।