विवादास्पद अभिव्यक्ति फिर्ता लिइ आत्मालोचना गर्न प्रदेश सांसद बैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यलाई प्रदेशसभामा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ।
शुक्रबार बागमती प्रदेशसभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओली सबै कुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।
‘बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ।
प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।
आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button