कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

कर्णाली प्रदेशको आगामी आर्थिक बर्ष २०७८ र ०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । सरकारले ल्याएको प्रि– बजेट माथिको छलफल पश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिवीलाई न्युनिकरण गर्न आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।
आज दिउँसो २ बजे बस्ने संसद बैठकमा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।