स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्नेटर

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-४ को कोभिड-१९ ब्यबस्थापन समितिले सो नगरका दुई स्वास्थ्य संस्थालाई कोरोना भाइरस संक्रमणको उपचारमा प्रयोग हुने दुई थान अक्सिजन कन्सन्नेटर उपकरण, पिपिई सेट, पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

उक्त वडाका अध्यक्ष एवम सो समितिको अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले एक थान क्षमादेवी प्राथमिक स्वास्थ्य केन्द्र र एक थान सामुदायिक स्वास्थ इकाई कर्थलीलाई अक्सिजन कन्सन्नेटर बितरण गरिएको बताउनु भयो ।

समितिका सदस्य नबीन श्रेष्ठले दोश्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सो अक्सिजन कन्सन्नेटर, पिपिई सेट, पल्स अक्सिमिटर, स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिनु भयो । अन्य स्थानमा पनि स्वास्थ्य सामाग्री र पिपिई सेट सहयोग गरिने उहाँले बताउनु भएको छ ।

गाउँ-गाउँमा कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेकोले उक्त स्थानहरुमा उपकरण र स्वास्थ्य सामाग्री बितरण गरेको बताउनु भएको छ । सो उपकरणहरु गोर्खा वेलफर ट्रष्टको सहयोगमा प्राप्त भएको थियो भने स्थानीय राम प्रसाद श्रेष्ठको सहयोगमा पिपिई सेट उपलब्ध भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button