सांसद वैद्यले आत्मालोचना गर्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिए (विज्ञप्तिसहित)

काठमाडाैं- बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार संसद्‍मा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्।

शनिबार प्रदेश सभा बैठकमा आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता लिएका उनले विज्ञप्तिसमेत जारी गरेका छन्।

उनले आफू आवेशमा आएर त्यस्तो अभिव्यक्त दिएको बताएका छन्। ‘बागमती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८/२/२८ गते मैले संसद्‍को रोष्टममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएको केही शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको मैले महसुस गरेको छु,’ वैद्यले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले आफू उक्त अभिव्यक्तप्रति अत्मालोचनासहित फिर्ता लिने भन्दै सो अभिव्यक्ति संसद्‍को रेकर्डबाट हटाउन अनुरोध गरिएको बताए।

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ‘नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button