नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको कामकारबाहीको विरोध गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघले शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा उनीहरुले सरकार विरोधी नारा लगाएका थिए ।
पुत्ला दहन गर्ने क्रममा प्रहरी र नेविसंघ नेताहरुबीच केहिबरे घम्साघम्सी समेत भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट नेविसंघका नेता पुष्कर बास्तोला घाइते भएका छन् ।
सरकारको विरोध गर्दै पछिल्लो समय नेविसंघले निरन्तर विरोध गर्दै आएका छन् ।