साउदीले हज गर्न जाने तिर्थयात्रीका लागि तोक्यो नयाँ मापदण्ड

एजेन्सी । साउदी अरबले हज गर्न जाने विदेशी तिर्थयात्रीहरुका लागि नयाँ मापदण्ड तोकेको छ । जस अनुसार साउदीमा हज गर्न जानेले कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।
कुनै जटिल रोग नलागेको स्वस्थ हुनु पर्ने नयाँ मापदण्डमा तोकिएको छ । यस पटक हज गर्न जानेहरुका लागि साउदी सरकारले उमेर पनि तोकेको छ । जस अनुसार १८ देखि ६५ बर्ष उमेर समूह तोकेको छ ।
त्यस्तै यसपटक ६० हजारभन्दा बढीलाई हजमा नपठाउने निर्णय गरेको छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा कमी नआएकाले यस्तो निर्णय गरिएको साउदी अरबले जनाएको छ ।
यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ । आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुने रोयटर्सले जनाएको छ ।