कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : प्राथमिकतामा स्वास्थ्य क्षेत्र

काठमाडाैं– कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभाको बजेट अधिवेशनको आठौं बैठकमा शनिवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेशले यसपटकको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, कोभिड पुष्टि भएका नागरिकलाई निःशुल्क उपचार तथा पोषिलो खानेकुराको व्यवस्था मिलाउने, भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका नागरिकलाई नाकाहरूमा कोरोना परीक्षण गरिने, उच्च हिमाली जिल्लामा कोरोनाका जटिल बिरामीलाई हवाई उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगेर उपचार गर्ने उल्लेख छ।

यस्तै कोरोना संक्रमितको मनोबल बढाउन विज्ञ तथा स्वास्थ्यकर्मीबाट ध्यान, योग गराइनुका साथै प्रदेशका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक र ‘एक स्थानीय तह, एक स्वास्थ्यकर्मी’ खटाइने घोषणा गरिएको छ।

प्रदेश सरकारका अन्य कार्यक्रमहरूमा माग अनुसार शीपमूलक तालीमका लागि पूँजी तथा बजारीकरण व्यवस्थापन, विपन्न वर्गलाई रोजगार सृजनाका साथै खाना, नाना र छाना कार्यक्रम, ‘बैंक खाता, छोरीको सुरक्षा’ जस्ता पुराना कार्यक्रम दोहोरिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button